Saturday, November 28

मुलुक कोरोना भाइरसको चपेटामा परेका बेला सरकारलाई असहयाेग भयाे : प्रधानमन्त्री ओली

August 4, 2020 97

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना भाइरसको चपेटामा परेका बेला सरकारलाई असहयाेग भएकाे बताउनुभएकाे छ । उहाँले कोरोना भाइरस निर्मूलन र अन्त्यको लागि गरिएको कार्यलाई बिरोध गर्ने माध्यम बनाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

कोरोना भाइरसको जोखिम बढेकोले अब कस्तो रणनीति बनाउने भन्ने बिषयमा बिज्ञहरुसँग परामर्श गर्न आयोजित छलफलमा उहाँले संकटलाई बिरोध गर्ने अबसर बनाइएको आरोप लगाउनुभयो । उहाँले जे गरेपनि धर नपाएकाे गुनासाे गर्नुभयाे ।  उहाँले भन्नुभयो- ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुँदैन।’
बिज्ञहरुसहित प्रतिपक्षी दलसमेतको छलफलमा कोरोना महामारी अन्त्य गर्न सरकारको अभ्यासले मात्र नपुग्ने बताइएको थियो । त्यसका लागि नागरिकस्तरबाट पनि सहयोग आवाश्यक रहेको विज्ञहरुको भनाइ थियो ।
त्यस्तै प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण दर अनुसार लकडाउनबारे कदम चाल्न सुझाव दिनुभएको बताइएको छ ।

उहाँले कोरोनाबाट सचेत र सतर्कताका साथ हिड्न नागरिकहरुलाई समेत आग्रह गर्नुभएको थियो । लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा विज्ञहरुसँगको छलफल बालुवाटारमा जारी छ ।

प्रतिकृया दिनुहोस्