Tuesday, April 13

के साच्चै प्रेममा छन् ईन्दिरा र कर्मा ? यस्तो पो रहेछ यथार्थ

January 20, 2021 59

गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेमको हल्ला चलेको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ । दुवैको जोडी निकै सुहाएको भनेर फ्यानहरुले प्रतिकृया दिएका छन् ।

एक अन्तरवार्तामा एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । तर, इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाको लागी मात्र प्रेमी प्रेमीका बनेका हुन् । रियल लाईफको लागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् ।

ईन्दिराको बिहेको पर्खाईमा रहेका उनका फ्यानहरुले यी २ को प्रेमको कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् । तर, फ्यानहरु झुक्किरहेका छन् ।

यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै सालिन् कलाकारको रुपमा चिनिन्छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रोमान्स गरेको देख्न सकिन्छ ।

वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोचि नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्