Tuesday, December 1

कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

August 4, 2020 67

विराटनगर । विराटनगरमा फेरी एक जनाको निधन भएको छ । उनको कोरोना परिक्षण हुँदैछ । कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको एक पुरुषको निधन भएको हो । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको मंगलवार विहान निधन भएको अस्पतालले जनाएको छ । उनको मंगलवार विहान निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनदाल दासले बताए ।

उनलाई उपचारका लागि सोमबार राति अस्पताल ल्याइएको जिथयो । मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ ।

उनको कोशी अस्पतालमा निधन भएको हो । अस्पताल ल्याउँदा उनलाई उच्च ज्वरो थियो । ति पुरुषमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् ।
कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा उनको निधन भएको हो । उनलाई उच्च ज्वारो आएका कारण कोरानोको आशंका गरिएको हो । विराट अस्पतालले भर्ना नलिएका कारण उनको उपचारमा ढिलाई भएर निधन भएको परिवारका सदस्यलेब बताएका छन् । कोशी अस्पताल लगिएको १५ मिनेटमै उनको निधन भएको हो ।

यसअघि जण्डिस देखिएको बताइए पनि पुरुषमा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेका कारण कोरोनाको भएको हुन सक्ने आशंका गरिएको जानकारी उनले दिए । ति पुुरुषको ट्राभल हिष्ट्रि भने छैन । उनको पिसिआर परिक्षणको तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्