Tuesday, April 13

हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत,सतर्क रहनुहोस्

January 20, 2021 75

काठमाडौँ । हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ। यो जतिखेर पनि जहाँ पनि आउन सक्छ। हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ।बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन्। हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ। यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ।

अन्य भागमा पीडा:छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो:सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी:पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने:लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना:कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो।

गोडा फुल्ने:मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु:धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस्।

प्रतिकृया दिनुहोस्