Tuesday, April 13

लगातार ३ बुधबार अपनाउनुहोस् यी उपाय, हुनेछ विघ्न दूर, बन्नुहुनेछ करोडपति

January 20, 2021 85

काठमाडौँ । बुधबार भन्ने वित्तिकै बुध ग्रहको दिन, यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ।

धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न समस्याबाट समाधान तथा राहत मिल्ने गर्छ । बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ।

बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ।

बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो।

बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि।
यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ।

किनकी तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ(साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ।

प्रतिकृया दिनुहोस्