Saturday, June 19

इटहरीमा एक परिवारमा पर्यो बज्रपात, एकै दिन दाजु बहिनीको मृत्यु

January 20, 2021 185

एकै दिन एकै परिवारबाट दाजु बहिनीको शव निकाल्नु पर्दा त्यो परिवारमा कस्तो आपत आउला? यस्तै घटना इटहरीमा भएको छ । त्यहाँ एक परिवारका दाजु र बहिनीको एकै दिन मृत्यु भएको छ ।

इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन मृत्यु भएपछि पुरै टोल शोकमा छ । परिवारका सदस्य पनि गहिरो पी डा मा परेका छन् ।

दाजु बहिनीको मृत्युको कारण भने फरक फरक छ । दाजु राजेन काठमाण्डौमा स्कुल चलाएर बसेका थिए । केहि समय देखि उनी विरामी थिए । उनी जण्डिसको विरामी भएको परिवारले बताएको छ ।

दाजु बहिनीको मृत्युको कारण भने फरक फरक छ । दाजु राजेन काठमाण्डौमा स्कुल चलाएर बसेका थिए । केहि समय देखि उनी विरामी थिए । उनी जण्डिसको विरामी भएको परिवारले बताएको छ ।

दिपाको भने पित्तथैलीको पत्थरी थियो । पत्थरीको अपरेशन गर्न भनेर उनलाई धरान स्थित विजयपुर अस्पतालमा लगिएको थियो । उनको अपरेशन भने सफल भएन र ज्यान गयो । परिवारले भने यो मृत्युको छानविन गर्न माग गरेका छन ।

धरान विजयपुर अस्पतालको लापरवाही हुनसक्ने परिवारको आशंका रहेको छ । उनीहरुले सत्य पत्ता लगाएर दोष देखिए अस्पताललाई कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्