Saturday, June 19

राति सुत्नुबेला कपाल बाध्ने की छोड्ने ? जान्नुहाेस्

January 19, 2021 88

कपाललाई कालो, चम्किलो र सिल्की बनाउने सबैको चाहना हुन्छ। तर, चाहना हुँदाहुँदै पनि साना साना कुरामा ध्यान दिन नसक्दा कपाल बिग्रिनेको समस्या हुन्छ।
राति सुत्दा कपाललाई ध्यान दिनु पर्ने केही उपायका बारेः जान्नुहाेस्

– सातामा तीन पटक कपालमा तेल लगाउनुपर्छ। यसो गर्दा कपाल झर्ने समस्याबाट राहत मिल्छ। कपालले पोषक तत्व पाउँछ।
– रिवल, बदामको तेल कपालका लागि लाभदायी हो। राति सुत्नुअघि तेल लगाएर बिहान कपाल धुनुपर्छ।
– सुत्नुअघि कपाल बाँध्नुपर्छ। बानेर सुत्दा कपाल झर्दैन।

– कपडाले कपाललाई छोपेर सुतियो भने हाँगा फाट्ने समस्याबाट छुटकारा पाइन्छ।
– कपालमा तेल लगाउन नरुचाउनेले हेयर सिरम प्रयोग गर्न सक्छन्। सिरम जरैदेखि लगाउनुपर्छ। यसो गर्दा कपाल अल्झिँदैनन्।

– राति सुत्नुअघि पाँचदेखि १० मिनेटसम्म काइँयोले कपाल कोर्नुपर्छ। पछाडिबाट सुरु गरी अगाडितिर कपाल कोर्नुपर्छ। यसो गर्दा कपालमा टाँसिएको दिनभरिको धुलोमाटो हट्छ। कपाल सफा हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्