Tuesday, April 13

कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

January 17, 2021 72

काठमाडौ । अहिलेको राजनीतिक घटनाक्रमलाई लिएर चिन्तित नहुन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । उनले अहिले पार्टी सुद्रिढिकरण भएको बताएका छन् । पार्टी अराजक भएका कारण अहिलेको अवस्था आएको भन्दै उनले अब भने सुद्रिढ भएको बताएका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रिय समितिको दोस्रो बैठकमा सहभागी महिला नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई खुइल्याउने र समाप्त पार्ने तर्फ नेताहरु उन्मुख भएकाले यस्तो गरेको बताए । मैले नाम लिन जरुरी छैन नाम लिएँ भने फेरी कुल्ला गर्नुपर्छ तपाईहरु आफै बुझ्नुस् कसलाई भनेको हो ।

आफुले कारवाही गरेर निकाल्नुपर्ने नेता आफै सरक्क गएको बताए । बैठकमा कहाँ गए भनेर खोजेको छ माइतीघर मण्डला, कहिले निर्वाचन आयोग त कहिले अदालत पुगेका रहेछन् उनले भने, मन्त्रीपरिषदले निर्वाचनको मिति तोक्न राष्ट्रपतिलाई सिफारिस गर्न पठाएको पत्रमा धारा उल्लेख गरेको बताएका छन् । त्यती पनि नपढी र पढ्न् कष्ट नगरी कान कागले लग्यो भनेकै भरमा गुडुडु कुदेको छ प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।

उनले त्यसका लागि वहस गर्न र जवाफ दिन तयार रहेको बताउँदै, आफुले गरेका हरेक काम कानुनको पक्षमा भएको दावी गरेका छन् । मैले गरेका सबै कामको जवाफ दिन तयार छु तर राजतन्त्रलाई प्रभु भन्दै दाम चढाउन जानेहरु नै

नक्कली राजालाई प्रभु भन्दै दाम चढाउन जाने यिनीहरु नै होइनन्, वरीपरी घुमेर पशुपति नाथको मन्दिर हो की जस्तो गर्नेहरु गणतन्त्र आएपछि राष्ट्रपति माथि हमला गर्ने र अदालत माथिको जनविश्वास कम गराउने काम भइराखेको छ । शशी श्रेष्ठ भन्ने महिला त्यही गुटकी महिला हुन् । रमण श्रेष्ठ पनि त्यही गुटका वकिल हुन् । यस्ता कुरा प्रमाणीत गर्न सक्छन् उनीहरु ? प्रधानमन्त्रीको प्रश्न छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउनै नदिएका कारण आफुहलाई संसद भंग गर्न बाध्य बनाएको आरोप लगाएका छन् । उनले आफुलाई घेराबन्दी गरिएका कारण अहिलेको अवस्था आएको बताएका छन् । पार्टी गतिहिन अवस्थामा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्