Wednesday, November 25

त्रिवि चिकित्सा शास्त्रको स्‍नातक तहको परीक्षा स्थगित

August 3, 2020 42

काठमाडौं, १९ साउन । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्रअध्ययन संस्थानले चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ । भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रकोको परीक्षा सोमबार स्थगित गरिएको हो ।

कोरोना भाइरसको कारण स्थगित भएको र फेरि लकडाउन खुला भएसँगै भदौ ८ गतेका लागि तय गरिएको परीक्षा पुनः स्थगित गरिएको जनाइएको छ ।

त्रिवि चिकित्सा शास्क अध्ययन संस्थान, डीन कार्यालयले सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढेपछि धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्‍चालन नभएका कारणले पूर्वप्रकाशित कार्यतालिका अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्