Sunday, May 16

गुडिरहेको बसमा बिजुलीको तारले छुँदा आगलागी, ६ जनाको मृत्यु

January 17, 2021 92

एजेन्सी / भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबर अनुसार राजस्थानको जालोरमा शनिबार राति ११ बजे घटना घटेको हो ।

उनीहरु सबै जैन धर्मावलम्बीहरु रहेको भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन् । उनीहरू रास्थानको ब्यावर र अजमेर क्षेत्रका हुन् । उनीहरु जालोरमा रहेको जैन मन्दिरमा दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्कन क्रममा बाटो भुलेर जालोर जिल्लाको महेशपुरा गाउँ पुगेका थिए ।

सडकको धेरै तलबाट लगिएको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनदेखेर सहचालकले त्यसलाई हटाउन खोज्दा बसमा तार सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट सर्ट भएपछि बसमा आगो लाग्न सुरुभयो । करेन्ट र आगोमा जलेर बसका चालक सहचालकसहित ६ जनाको मृत्यु भएको भारकर डटकमले खबर दिएको छ । करिब ३ दर्जन भन्दा बढी व्यक्ति घायते भएका छन् ।

प्रतिकृया दिनुहोस्