Tuesday, December 1

नक्सा जारी गरेपछि बाँकी कामको लागि सरकारले देखाएन हतारो,भारत झनै मौन

August 3, 2020 66

काठमाडौं, १९ साउन । कालापानी सहितको नक्सा जारी गर्ने बेला नेपालका राजनीतिक दलहरु एकजुट बने । बन्नुपर्ने बाध्यता पनि थियो, आफ्नो भूमि फिर्ता ल्याउन बढ्दो जनदबाब । तर, नक्सा जारीपछि नेपालले भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याउन खासै पहल गर्न सकेको छैन । बरु सत्तारुढ नेकपा आफ्नै किचलो अलमलिएको छ । सीमा सम्बन्धी विषयमा दुई सय वर्षपछि नेपालले पूर्ण नक्सा जारी गरेर एक कदम अघि बढाएको त छ, तर भूमि फिर्ता ल्याउन ठोस कदम चाल्न सकेको छैन । भारत सहजै वार्ताका लागि आउँछ भन्ने विश्वास पनि देखिदैन ।

नेपाल र भारतका प्राथतमिकता फरक–फरक छन् । भारतले निरन्तर नेपाली भूमि अतिक्रमण जारी राखेको छ । पछिल्लो उदाहरण कञ्चनपुरको बेलौरी नगरपालिका पनि हो । भारतले स्ट्रिप नक्साका आधारमा भूमि आफ्नो भएको दाबी गर्दै आएको छ । उ १८२ स्थानमा स्ट्रिप नक्सामा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव राख्छ । तर, नेपालका लागि यो घाटाको विषय हो । यदी भारतको प्रस्तावमा नेपाल तयार भए नेपालले आफ्नो भूमि गुमाउनुपर्छ । नत कालापानी, सुस्ताकै विषयमा भारत नेपालसँग वार्ता गर्न तयार छ ।

नेपाल–भारत संयुक्त प्राविधिक समितिले सन् २००७ मा दुईवटा सिफारिस गरेको थियो ।
नेपाल–भारत संयुक्त प्राविधिक समितिको सिफारिसः
–बिग्रेका सीमास्तम्भ निर्माण, मर्मतसम्भार तथा दशगजा अतिक्रमण हटाउन वाउन्ड्री वर्किङ ग्रुप
–कालापानी र सुस्ताको विषय समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र निर्माण गर्ने
परराष्ट्र सचिवस्तरीय संयन्त्र त सन् २०१४ मा मात्रै बन्यो । फरक फरक प्राथमिकता भएकाले वार्ता भने हुन सकेको छैन । नेपाललाई वार्ताको हतारो छ तर भारत धकेल्न चाहन्छ ।
अहिले सत्तारुढ नेकपाको किचलोले भारतलाई हाइसन्चो बनाएको छ । आन्तरिक समस्यामा फँसेको नेपालले अहिलेकै अवस्थामा भारतसँग आफ्नो जमिन फिर्ता ल्याउन सक्दैन । भारतसँग नेपालले सीमा सम्बन्धि कुनै सन्धी गरेको छैन । सन् १८१६ सुगौली सन्धि र त्यसको व्याख्या रहेको १८६० को सन्धि मात्रै छ, त्यो तत्कालिन इष्ट इण्डिया सरकारसँग गरिएको हो । तर, हालको स्वतन्त्र भारतसँग कुनै सन्धि भएका छैनन् ।
भारतसँग भएका सीमा सम्बन्धी वार्ताः
– सन् १९७५ पछि सीमासम्बन्धी वार्ता सुरु
–सन् १९८३ मा संयुक्त प्राविधिक समिति बन्यो
–संयुक्त प्राविधिक समितिले सन् २००७ सम्म काम ग¥यो र बनायो स्ट्रिप नक्सा ९नेपालको असहमति०
नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । र, नेपाल भारतबिच १ हजार ८ सय ८० किलोमिटर सीमारेखा छ । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ । धनुषा, बैतडी र डडेलधुरा, कञ्चनपुरमा मात्रै विवाद छैन । नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान र वादविवाद छ ।
कुन जिल्लामा कति अतिक्रमण ?
ताप्लेजुङ : टिम्बापोखरी, काबेली–लामेखोला, काब्रु पहाड र तुम्लिङबस्ती (२ हजार २० हेक्टर)
पाँचथर : अहलगैरी र चिवाभाज्याङ (११४ हेक्टर)
इलाम : पशुपतिनगर, फाटक, मानेभञ्याङ, सन्दकपुर (८२ हेक्टर)
झापा : कारोबारी, पाठामारी, महेशपुर, भद्रपुर, कालीखज्जर, भान्साखोला, नकलबन्दा, बाहुनडाँगी (१७४ हेक्टर)
मोरङ : बुद्धनगर, बहुका चेप्राहा, सोनापुर दोरिया (३५ हेक्टर)
सुनसरी : कटैया–भन्टावारी, शिवगन्ज पकरिया र साहेवगन्ज (४३ हेक्टर)
सप्तरी : सुवर्णपट्टी, बारदाही, सखडा छिन्नमस्ता, लालपट्टी–गोविन्दपुर, कुनौली, विष्णुपुर–शिवनगर, गोबरगाडा : (१७५ हेक्टर)
सिरहा : माडर–चन्द्रगन्ज र टाँडी (११ हेक्टर)
महोत्तरी : सम्सी र शिसवा–कटैया (१४ हेक्टर)
सर्लाही : त्रिभुवनबस्ती र सङग्रामपुर (१२ हेक्टर)
रौतहट : गौर–जमुना (१५ हेक्टर)
बारा : दक्षिण झित्कैया (३० हेक्टर)
पर्सा : ठोरी, लक्ष्मीपुर–पिपरा, दसौता, मितेरी पुल, अहिर टोल, इनरुवा–चमार टोल (२३३ हेक्टर)
चितवन : बाल्मीकि आश्रम र दारनाला दारीचुरे (१७४ हेक्टर)
नवलपरासी : सुस्ता (१४ हजार ५ सय हेक्टर)
रुपन्देही : मर्चवार र बेलहिया (५५ हेक्टर)
कपिलबस्तु : कृष्णनगर बजार (१ हेक्टर)
दाङ : कोइलाबास (२५ हेक्टर)
बाँके : होलिया र नैनापुर (५१ हेक्टर)
बर्दिया : नकुवानाला, खैरीगाउँ गेरुवा, चौगुर्जी (२१ हेक्टर)
कैलाली : फूलबारीगाउँ, कौवाखेदा, कुसुमघाट, राजपुर (२६६ हेक्टर)
कञ्चनपुर : ब्रम्हदेवमण्डि, टनकपुर ब्यारेज, शारदा ब्यारेज, बनबासा–गड्डाचौकी, शुक्लाफाँटा, भुदगाउँ र परासन (१ हजार ६ सय ११ हेक्टर)
कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र होइन, सीमा विवादले दक्षिणी, पश्चिमी भूभागमा रहेका नेपालीले हरेक दिन दुःख पाउनुपरेको छ । तर, सत्तारुढ दल पदकै छिनाझपटीमा रुमल्एिको छ ।

प्रतिकृया दिनुहोस्