Tuesday, April 13

कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथ फुटाउँदै गरेका तीन पक्राउ

January 16, 2021 58

काठमाडौं, ३ माघ । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौं महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्