Monday, June 14

अमेरिकामा बस्ने युवतीसंग माघ ११ गते मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै

January 15, 2021 110

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो। अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए। युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ। उनले काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।

पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । स्रोतका अनुसार मुख्यमन्त्री राईले संखुवासभाकी शेर्पा समुदायको युवतीसँग विवाह गर्न लागेका हुन्। तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्