चिनियाँ विज्ञहरूको एउटा टोलीले सन् २०२० भन्दा २०२१ मा संसारमा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चेतावनी दिएको छ ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूले उक्त चेतावनी दिएका हुन् । विश्वभर अहिलेसम्म ९ कराेड ३५ लाख ३६ हजारभन्दा बढी संक्रमित भएका छन् भने २० लाखभन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।
सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ । सुलेले भनेका छन्- ‘महामारी कसरी अघि बढ्छ भन्ने अनुमान गर्न कठिन छ तर केही मोडलबाट निकालिने गणितीय आँकडाले व्यवहारिक सूचना दिन्छन् ।’
अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने पनि बताएकाे छ । अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो ।
प्रतिकृया दिनुहोस्