Friday, January 15

तपाइलाई थाहा छ ? मानिसको मृत्युअघि देखिन्छ यी संकेत !

January 14, 2021 97

सृष्टिको नियम नै छ पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यंभावी छ। शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनुअघि देखिने लक्षणबारे चर्चा गरिएको छ ।

गरुण पुराणका अनुसार यस्ता छन् मृत्युअघि देखिने संकेत:

-जुन कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्छ ।

– मृत्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ। नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ ।

– जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन्।

-जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृत्युको समयमा निश्चित देखिन्छन् ।

– मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृत्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।

– पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ ।

-शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ।

– आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

-मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन्।

प्रतिकृया दिनुहोस्