Wednesday, November 25

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

August 3, 2020 61

जनकपुरधाम , १९ साउन । धनुषामा मुख्यमन्त्री कार्यालयका ६ जनासहित ३० जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

दुई दिन अघि गरिएको स्वाब संकलनको रिपोर्ट हिजो राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताउनु भयो । संक्रमितहरु चिकित्सकहरुको सल्लाहमा घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका लागि खोजी गर्ने काम भईरहेको प्रजिअ भट्टराई जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्