Saturday, November 28

देशभर ३ सय ५८ संक्रमित निको भए, कुल १४ हजार ९ सय ६१ जना निको भए

August 3, 2020 61

काठमाडौं, १९ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर सय ३ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ५८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार ९ सय ६१ पुगेको छ । यो निको हुने प्रतिशतमा ७२ दशमलव ०१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ३७ जनाको पीसीआर भएसँगै मुलुकभर ३ लाख ९८ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्