Tuesday, January 19

लेनदेनको विषयमा विवाद हुँदा लौरोले हानेर एक पुरुषको हत्या

January 13, 2021 34

काठमाडौँ, २९ पुष । लेनदेनको विषयमा विवाद नमिल्दा एक पुरुषको हत्या भएको छ । चन्द्रागिरी ७ घुमाउनेमा विवादको कारण पुरूषको हत्या भएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार मृत्यु हुनेमा चन्द्रागिरी ७ घुमाउनेमा टहरा हाली बस्ने ५२ वर्षीय होम बहादुर सुदार रहेका छन् ।

बेलुका ११ बजे घटनाको सूचना पाएको प्रहरीले तत्काल आवश्यक अनुसन्धान पूरा गरी सवै नाका सील गरि एक जनालाई नियन्त्रणमा लिएको छ । लेनदेनको विवादका कारण सुदारलाई टाउको र शरीरिरका अन्य भागमा लौरोले हिर्काउदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । आरोपीले समेत हत्या स्विकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना ९/१० वजे भएको र ११ वजे खवर प्राप्त गर्न साथ अनुसन्धान सुरू गरेको २ घण्टामै अपराधी पत्ता लगाएको थियो । हत्या आरोपमा चन्द्रनागिरी २ मसिने बताउने २२ वर्षीय रामकृष्ण तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सुदारलाई तामाङले ७ लाख रकम दिएको र माग्दा पटक पटक माग्दा समेत नदिए पछि सुदारलाई आक्रोसमा लौरोले हिर्काउदा मृत्यु भएको हो । महानगरीय प्रहरी बृत्त थानकोटले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्