Wednesday, January 20

इण्डियो एयरलाइन्सका म्यानेजरको गोली हानी हत्या

January 13, 2021 38

एजेन्सी, २९ पुष । इण्डिगो एयरलाइन्सका स्टेशन म्यानेजर रुपेश कुमार सिंहको गोली हानी हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबा साँझ बिहारको राजधानी पटनाकाे माेटरसाइकलमा आएका अपराधीहरुले गोली हानी सिंहको हत्या गरेका हुन् ।

इन्डियन युडे डट कमका अनुसार गोली लागेर घाइते भएका रुपेशको उपचारको क्रममा मृत्यु भएको हो । विमानस्थलबाट घर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको बताइएको छ ।

एयरलाइन्सले सिंहकाे मृत्ये भएकाे पुष्टि गरेकाे छ । “हाम्रो पटना एयरपोर्ट म्यानेजरको निधनबाट अत्यन्त दु: खी छाैँ,” एयरलाइन्सले भनेकाे छ ।

आरजेडी नेता तेजश्वी यादवले घटनाप्रति दुःख व्यक्त गर्दै राज्य सरकारमाथि आपराधिक घटना रोक्न नसकेको आरोप लगाएका छन् । बिजेपी नेता विवेक ठाकुरले घटनालाई दुखद र गम्भीर भन्दै पुलिसले छिटै अनुसन्धान पूरा गर्नुपर्ने वा सीबीआइलाई सुम्पिनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्