Saturday, January 23

सुन लुट्नेलाई पक्राउ गरेर डिएसपीलाई बुझाउने प्रहरी नै नियन्त्रणमा, डिएसपी माथि पनि छानविन सुरु

January 12, 2021 46

काठमाडौं । सुन लुट्नेलाई पक्राउ गरेर डिएसपी समक्ष बुझाउने प्रहरी नै पक्राउ परेपछि घटना रहस्यमय बनेको छ । काठमाडौंको सामाखुसीमा भएको सुन लुटिएको घटनामा प्रहरी नायव निरिक्षक (सई) नवराज इटनीलाई पक्राउ गरिएको हो । उनले सुन लुट्ने कार्यमा संलग्नलाई पक्राउ गरी डिएसपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का समक्ष बुझाएका थिए ।

जसले लुट्ने कार्यक्रमा संलग्न भएकालाई पक्राउ गरेको थियो उनै प्रहरी इटनी पक्राउ परेका हुन् । सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । सुर्खेतका दिपक नेपालीको समुहले पुस १० मा दोलखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर सुन लुटेका थिए ।

दिपकलाई सई इटनीले पक्राउ गरी डिएसपी खड्कालाई बुझाएका थिए । ३० तोला सुन लुटिएको घटनामा अहिले पीडितले नै वयान फेरेका छन् । पीडित मध्येका सुवास तिमिल्सिनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग सो दिन सुन नभएर मोवाईल मात्र लुटिएको बयान दिएका छन् ।

तर अन्यले भने डिएसपी खड्काले अनुसन्धान गर्नुको साटो नेपालीलाई सोही दिन छाडेको आरोप लगाएका छन् । प्रहरीले छोडेपछि दिपक सम्पर्क विहिन भएका छन् भने संयोग कार्की पनि सम्पर्कमा छैनन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको भन्दै अहिले काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्