छात्रामाथि यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसका प्रध्यापक आचार्य पक्राउ

January 12, 2021 76

काठमाडौं, २८ पुष । छात्रामाथि यौन हिंसा गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का प्रध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका छन् ।

प्रहरीले प्रध्यापक आचार्यलाई छात्राले दिएको उजुरीका आधारमा आर आर क्याम्पस पुगेरै नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरआरमै अध्यानरत ती छात्रालाई प्रध्यापक आचार्यले सामाजिक संजाल मार्फत यौन जन्य हिँसा गरेका थिए ।

प्रध्यापक आचार्यलाई सोमबार क्याम्पस प्राङ्गणबाटै नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पक्राउ परेका प्रध्यापक आचार्यमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्