Tuesday, December 1

कोरोना जोखिमलाई मध्यनजर गदै भक्तपुरमा जनैपूर्णिमा औपचारिकतामा सीमित

August 3, 2020 84

भक्तपुर, १९ साउन । आज भक्तपुरमा पनि गुन्हीपुन्ही (जनैपूर्णिमा) पर्व मनाइदै छ । हरेक बर्ष साउन महिनाको शुक्लपूर्णिमा तिथिको दिनलाई गुन्हीपुन्ही (जनैपूर्णिमा) मनाउने चलन छ । भक्तपुरमा नेवार समुदायले जिल्लाको बिभिन्न शिवालयहरु र गोसाँइ गुण्डको रुपमा मान्दै आएको नगरकोटको महादेव पोखरी, हाकुफल्चा स्थित कालीदहमा स्नान गरी शिवजी दर्शन गर्ने गरिन्छ ।

यस बर्ष कोरोना भाइरसको जोखिम बढी रहेको अवस्थालाई बिशेष ध्यानमा राखी जात्रा पर्वहरुलाई औपचारिकरुपमा मात्र मनाउने भक्तपुर नगरपालिका, भक्तपुर जिल्ला प्रसाशन कार्यालय, गुठी संस्था र सरोकारवालाहरुको बैठकबाट निर्णय गरेको थियो । यसै निर्णयलाई पालना गरी नगरका बिभिन्न टोलहरुका भद्रभलादमी सचेत नागरिकहरुले गुन्हीपुन्ही (जनैपूर्णिमा) औपचारिकतामाा सीमित गरेको देखिन्छ ।

शिवालय लगायतका मन्दिरहरुमा गत बर्षहरुमा जस्तो भीडभाड देखिएन भने प्रसाशनले पनि स्थलगतरुपमा नै सचेत गराउने काम गरिरहेको छ । भोलिबाट शुरु हुने घिङताङ घिसी नाँच लगायत बिभिन्न मनोरञ्जनका परम्परागत नाँचगानहरु नगरी यो बर्ष कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि औपचारिकता मात्र सीमित गरिएको छ ।

प्रतिकृया दिनुहोस्