Saturday, January 16

भारतीय मिडियामा दिएको अन्तरवार्ता पछि ओलीको प्रशंसा, झस्किए डा भट्टराई !

January 12, 2021 14

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियामा प्रष्ट र स्पष्ट आफ्ना कुरा राखेर अन्तरवार्ता दिएपछि अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । विवादित सिमानाको विषय र भारतले नेपाललाई हेर्ने दृष्टिकोणका बारेमा प्रधामन्त्री ओलीले आफ्ना धारणा प्रष्ट राखेका छन् । उनले लिपुलेक कालापानी लगायतका क्षेत्र नेपालकै भएको भन्दै वार्ताका माध्यमवाट सुल्झाउनुपर्ने भनाई राखेका छन् ।

नेपालले बारम्बार वार्ताका लागि गर्दै आएको आग्रह भारतले नमानेको कुरा पनि उनले स्पष्ट भनेका छन् । उनले अंग्रेजिमा दिएको अन्तरवार्तामा आफुलाई भारतले प्रधानमन्त्रीवाट हटाउन भूमिका खेलेको भनिदिएका छन् । उनको यस्तो स्पष्ट अन्तरवार्ता सार्वजनिक भएपछि उनको प्रशंसा भएको छ ।

प्रधानमन्त्री ओलीको सोही अन्तरवार्ता पछि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा। भट्टराईले देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका हुन्।

उनले ओलीलाई प्रायोजित राष्ट्रवादी बनाएर देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन्।

‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ! चेतना भया !’, भट्टराईले भनेका छन्।

प्रतिकृया दिनुहोस्