Tuesday, January 26

प्रधानमन्त्री ओलीबारे अपमानजनक समाचार बनाउने जी न्युजका पत्रकार सुधिर चौधरी बालुवाटारमा, ओलीकै अगाडी ‘उपरखुट्टी’

January 12, 2021 25

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय जी न्युजका पत्रकार सुधीर चौधरीले प्रधानमन्त्री निवास वालुवाटारमा भेट गरेका छन् । उनले वालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिएका हुन् ।

सुधिर चौधरी उनै पत्रकार हुन् जसको टेलिभिजन जी न्युजवाट प्रधानमन्त्री ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक९पटक प्रसारण भएका छन् । यतिसम्म कि चिनिया राजदूत हाउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।

अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र जी न्युजका पत्रकार सुधीर चौधरीको तस्विर भाइरल भइरहेको छ ।

सार्वजनिक भएको फोटोमा प्रधानमन्त्री ओलीसंग सुधीरले चौधरीले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्रीको अगाडी ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त फोटोमा प्रधानमन्त्री स्वयं ‘उपरखुट्टी’ लगाएका छैनन् ।

देबेन्द्र कोइराला फेसबुकमा लेख्छन् ” नेपाल बिरुद्ध प्रोपोगन्डा मच्चाउने र जिहाद छेड्ने जी न्यूजका सुधिर चौधरीका साथमा हाम्रा ‘बा’ । सामन्त गोयलले आधारातमा ढोका थुनेर, झारफुक, स्वस्तिशान्ति गरेर फर्केपछि हाम्रा ‘बा’ का घरमा भारतीय पाहुनाको भिड थामिनसक्नु भयो ।”

उक्त अन्तरवार्तामा भारत र चीन विवादमा नेपालमा कस्को साथमा छ भनेर प्रश्न गरिएको बताइएको छ ।

‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ रु भनेर जान्नु महत्वपूर्ण हुनेछ’ सुधीरले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल किन भारतसँग ठूल्दाइको जस्तो व्यवहार गर्न चाहँदैन भन्ने विषयमा निकै महत्वपूर्ण कुराकानी भयो ।’ प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियालाई अन्तर्वार्ता दिएका हुन् ।

प्रतिकृया दिनुहोस्