Tuesday, December 1

बाँकेमा एक वडा अध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

August 3, 2020 62

बाँके, १९ साउन । बाँकेमा एक वडा अध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित वडा अध्यक्ष नेपालगञ्ज उपमहानगरपालिका १ का रहेका छन् । उनीसँगै वडा कार्यालयको प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको बताइएको छ ।

उनीहरुको भेरी अस्पतालमा गरिएको परीक्षणको क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित केहीको लक्षणसहितको कोरोना देखिएको छ भने कोेहीको लक्षण देखिएको छैन । संक्रमितहरुलाई अहिले आसोलेशनमा राखेर उपचारगरिदै छ । १९५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ९ जनाको कोरोना पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्