Tuesday, January 19

भैँसी चोरेर फरार व्यक्ति २४ बर्षपछि पक्राउ

January 12, 2021 26

सप्तरी- सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ रेका छन् । कंचनरुप नगरपालिका-४ पिप्रापूर्वका ५० व्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् ।

अदालतले त्यस मु’द्दामा २०७१ साल असार ५ गते एक महिना कै’द र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला

सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए । र, अदालतले त्यस मु’द्दामा २०७१ साल असार ५ गते एक महिना कै’द र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहँदै आएका सरदारलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

पक्राउ परेका उनलाई जिल्ला अदालतमा पेस गरी कै’द भुक्तान गर्न राजविराज कारागार चलान गरिएको साहले बताए ।

प्रतिकृया दिनुहोस्