Saturday, January 16

एनसीबीले जफत गर्‍यो २ सय किलो विदेशी गाँजा, बलिउड कलाकारकी एक्स म्यानेजरसहित ३ पक्राउ

January 11, 2021 25

मुम्बई – भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केशमा बलिउड अभिनेत्री दिया मिर्जाकी पूर्वम्यानेजर राहिला फर्निचरवालालाई पक्राउ गरेको छ ।

राहिलाका साथ उनकी बहिनी शाईस्ता र ब्रिटीश पासपोर्ट बोकेका करण सजनानीलाई पक्राउ गरेको हो । आइतवार तीनैजनालाई मेट्रोपोलिटिन मजिस्ट्रेट कोर्टमा पेश गरिएको छ ।

भारतीय समाचार संस्था नवभारत टाइम्सका अनुसार शाईस्तालाई रिहा गरेको छ भने अन्य दुईलाई हिरासतमा राखिएको छ ।

एनसीबीले बलिउडमा हुने ड्रग्स कनेक्नसमाथि अनुसन्धान गरिएको छ । यो घटना पनि त्यसैसँग जोडिएको छ, एनसीबीले बलिउको ड्रग्स कनेक्सनलाई यसले सहयोग पुर्‍याउने जनाएको छ ।

शनिवार एनसीबीले छापा मार्दा २०० किलो गाँजा जफत गरिएको थियो । उक्त विदेशी गाँजा कुरियर गरेर मुम्बई पठाइएको थियो ।

एनसीबीका अनुसार करणले ग्राहकलाई प्रतिग्राम ५ हजार रुपैयाँमा गाँजा विक्री गर्ने गरेका थिए । त्योमध्ये उनका धेरै ग्राहक पेज थ्रीसँग जोडिएका थिए ।

बलिउड ड्रग्स कनेक्सन केशमा यसअघि रिया चक्रवर्तीसहित दर्जनौं सेलिब्रेटी पक्राउ परिसकेका छन् । एनसीबीले बलिउडमा ड्रग्स कनेक्नसमाथि अनुसन्धान जारी राखेको छ ।

प्रतिकृया दिनुहोस्