Friday, November 27

जङ्गली जनावरलाई थापिएको करेन्टमा परेर एकै घरका दाजु-भाईको मृत्यु, बुबा घाइते

August 3, 2020 66

दाङ, १९ साउन । दाङमा जङ्गली जनावरलाई लक्षित गरि थापिएको करेन्टमा पर्दा एकैघरका दाजुभाईको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १ हर्नोकमा करेन्ट लागेर ३५ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबल रावतको सोमवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

सोही घटनामा परि मृतकका बुबा दिलबहादुर रावत समेत घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

जंगली जनावर बँदेलले मकै खाई हैरान पारेपछि बदेल मार्नको लागि आइतवार साँझ राखिएको विद्यतिय तारमा सोमवार विहान ६ बजेतिर दुई दाजुभाई पर्दा उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्