January 11, 2021 21
काठमाडौँ, २७ पुष । काठमाडौंमा २९८औं पृथ्वी जयन्तीका साथै राष्ट्र एकता दिवस विभिन्न कार्यक्रम मनाउने क्रमममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । झडपको क्रममा एक महिला घाइते भएकी छिन् ।
पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानीमा निकालिएको र्याली निषेधित क्षेत्रतर्फ अगाडि बढ्दा प्रहरी र र्याली निकालिरहेको समूहबिच झडप भएको हो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ । र्यालीमा बलिउड नायिका मनिषा कोइरालाको समेत उपस्थिती रहेकी थिइन् ।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।
प्रतिकृया दिनुहोस्