Tuesday, January 26

मेस्सीले नेइमारलाई म पीएसजी आउछु भनिसके !

January 11, 2021 18

गत सिजनको अन्त्यमा क्याम्प नाउ छाड्न असफल रहेका बार्सिलोनाका कप्तान  मेस्सीले जारी सिजनको अन्त्यमा क्लब छाड्ने धेरैको विश्वास छ। मेस्सीको नाम अहिले म्यानचेस्टर सिटी र पीएसजीसँग बारम्बार जोडिन्छ।

बार्सिलोनासँग मेस्सीको हालको सम्झौता जारी सीजनको अन्त्यमा समाप्त हुने र क्लबले हाल वित्तीय समस्याहरू सामना गरिरहेको कारण बार्साले मेस्सीलाई युरोपका अन्य क्लबहरुको जत्तिकै प्रस्ताव गर्न असमर्थ रहने देखिन्छ।

यस्तोमा एक रिपोर्टका अनुसार मेस्सीले आफ्ना साथी नेइमारलाई आफू पीएसजी आउन इस्छुक रहेको बताएका छन्। ब्राजिलका पत्रकार थियागो अस्मरका अनुसार मेस्सीले बार्सिलोनाका पूर्व टिममेट नेइमारलाई आफू पीएसजीमा जान चाहेको कुरा बताएका छन्।

यी दुई खेलाडीबीच लगातार व्हाट्सएपमा कुराकानी हुने गरेको र अब मेस्सीको प्राथमिकता पीएसजी रहेको अस्मारको दाबी छ।

प्रतिकृया दिनुहोस्