Friday, January 15

जापानमा देखा पर्‍यो बेलायत र दक्षिण अफ्रिकाको भन्दा फरक रूपको कोरोना भाइरस

January 11, 2021 20

जापानमा बेलायत र दक्षिण अफ्रिकामा फेला परेकोभन्दा फरक स्वरूपको कोरोना भाइरस पुष्टि भएको छ ।

ब्राजिलबाट जापान आएका चार व्यक्तिमा नयाँ स्वरूपको भाइरस फेला परेको जापानको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको हो । जापान सरकारका अनुसार २ जनवरीमा जापान आएका ४० वर्षीय पुरुष, ३० वर्षीय महिला र दुई किशोरमा नयाँ स्वरूपको कोरोना भाइरस पुष्टि भएको छ ।

पुरुषमा सास फेर्न समस्या, महिलालाई टाउको र घाँटी दुखेको, एक किशोरलाई ज्वरो आएको र एक किशोरी केटीमा कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त चार व्यक्तिको एयरपोर्टमा अवस्थित क्वारेनटाइनमा स्वास्थ्य परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

जापानी स्वास्थ मन्त्रालयका अनुसार एनआईआईडीले विस्तृत अध्ययनपश्चात् भाइरसको यो नयाँ स्वरूप बेलायत र दक्षिण अफ्रिकामा पाइएकोभन्दा फरक रहेको जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संस्करणमा १२ उत्परिवर्तन छ, जसमध्ये एक अमेरिका र दक्षिण अफ्रिकामा फेला परेको भेरियन्टमा पनि रहेको छ ।

यसले भाइरस एक सम्भावित उच्च सङ्क्रामक रहेको सङ्केत गर्छ । तर, सङ्क्रामक रोग संस्थानका प्रमुख ताकाजी वाकिताले हाल देखिएको नयाँ भाइरसको रूप सङ्क्रामक भएको कुनै प्रमाण नभेटिएको बताएका छन् । त्यस्तै, जापानमा बेलायतमा फेला परेको भाइरसको स्वरूपले तीन जना सङ्क्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस्