वैदेशिक रोजगारीमा जानेहरुलाई विभागले भर्खरै जारी गर्यो यस्तो अपिल

January 11, 2021 68

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरु समस्यामा पर्ने भएकाले विभागले म्यानपावर कम्पनीलाई अग्रिम भुक्तानी नदिन आग्रह गरेको छ । मेन पावर कम्पनीहरुले लोभ देखाउँदै अग्रिम भुक्तानी लिन थालेकाले विभागले यस्तो अपिल गरेको हा । केही कम्पनीहरुले सिमित माग आएको भन्दै रकम उठाउन थालेको सूचना पाएपछि विभागले यस्तो अपिल गरेको छ ।

कोरोना जोखिमका कारण लामो समय बन्द भएर खुलेको वैदेशिक रोजगारीमा अनुचित फाइदा उठाउन तर्फ म्यानपावर कम्पनी लागेका छन् । केही म्यानपावर कम्पनीहरुले यस्तो वदमासी गरेको फेला परेको छ । अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्नसमेत विभागले भनेको छ ।

छनोटपछि मात्र सक्कल कागजात बुझाउन सुझाव पनि विभागले दिएको छ । ‘म्यानपावर कम्पनीले पनि आवेदकबाट प्रतिलिपि वा स्क्यान कपी मात्र माग गरी छनोट भएका कामदारबाहेक अरूको सक्कल राहदानी जम्मा गर्ने कार्य नगर्नू,’ सूचनामा भनिएको छ, ‘छनोट भएका व्यक्तिहरूलाई आफू जान लागेको कामका लागि तिर्नुपर्ने रकम सम्बन्धित म्यानपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्नुपर्छ ।’

म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धाका कारण श्रमिकहरु समस्यामा परेका छन् । न्यून तलबमा खाडी तथा मलेसिया जाने नेपाली श्रमिकहरूको काँधमा वार्षिक १० अर्बभन्दा बढी भार पर्दै आइरहेको छ ।

श्रम स्वीकृति जारी भएपछि विदेश जान नपाउने डर वा बाध्यतामा परेर म्यानपावर कम्पनीले भनेबमोजिम रकम बुझाइरहेका कारण श्रीमकहरु समस्यामा परेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) ले शून्य लागत र १० हजार रुपैयाँको सेवा शुल्कको नीतिलाई परिवर्तन गर्न सरकारलाई दबाब दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्