धरानमा मावल गएकी बालिकालाई आफ्नो हजुरबाबुले गरे अनैतिक काम

January 11, 2021 64

धरानमा सुन्नै नसकिने घटना भएको छ । एक हजुरबुुवाले आफ्नै ११ बर्षे नातिनीलाई अनैतिक काम गरेका छन् । हजुरबुवाको उमेर ६१ बर्षको रहेको छ । मावल गएकी छोरीकी छोरीलाई ती बृद्धले यस्तो अनैतिक काम गरेका हुन् ।

यो घटना धरान–१७ स्थित फोकल्याण्ड टापुमा भएको हो । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार ६१ वर्षीय पुरुषले ११ वर्षीय आफ्नै छोरी तर्फको नातिनीलाई घरमा कोही नभएको मौका छोपेर यस्तो कार्य गरेका थिए ।

ती बालिकाले घटना उल्लेख गरेको जाहेरी प्रहरीमा दिएपछि ती बृद्धलाई पक्राउ गरिएको छ । उनलाई आइतबार सुनसरी जिल्ला अदालतबाट यसमा आर्कषित हुने कानून अनुसार म्याद थप गरी अनुसन्धान कार्य भइरहेको धरानका प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

ती वालिकाको फरक ब्यवहार परिवारले महसुस गरेको थियो । पछि सोधीखोजी गर्दा यस्तो घटना खुलासा भएको हो । बालिकामा यस घटनाले ब्यवहार परिवर्तन भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्