January 11, 2021 16
एजेन्सी, २७ पुष । किर्गिस्तानको राष्ट्रपतीय चुनावको अग्रभागमा रहेका सादिर जपारोफ ठूलो मतका साथ विजयी भएको चुनावको प्रारम्भिक परिणामले देखाएको छ।
धेरै मत गणना भइसकेको छ। त्यसको आंशिक परिणाम अनुसार उनले ८० प्रतिशत मत प्राप्त गरेका छन्। राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जपारोफले जेल जीवन बिताएका थिए।
अब उनले संविधान संशोधन गर्न भएको मतदानपछि राष्ट्रपतिको नयाँ शक्ति हातमा लिनेछन्। गत अक्टोबर महिनामा भएको संसदीय चुनावपछि किर्गिस्तान सङ्कटमा छ।
प्रतिकृया दिनुहोस्