चार भाषामा रिलिज हुँदै ‘लप्पन छप्पन २’

January 10, 2021 89

मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ एकसाथ चार भाषामा रिलिज हुँदैछ । निर्देशक भट्टले सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने जानकारी गराएका हुन् ।

फिल्मको ट्रेलर माघ २७ गते सार्वजनिक गरिने बताइएको छ । हाल फिल्मको पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

यही फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोको सङ्गीत छ ।

किङ योगी र दिलीप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउन्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेसन अस्ट्रेलिया, युएमआई ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् । फिल्म फागुन २७ (महाशिवरात्रीको दिन) बाट देशभर प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस्