Friday, November 27

लकडाउनमा रोकिएका लोकसेवाका परीक्षा तत्काल नहुने, त्रिविले पनि परीक्षा नगर्ने सम्भावना

August 3, 2020 79

काठमाडौं । कोरोना महामारीपछि जारी भएको लकडाउनमा रोकिएका लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएका छन् । आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको जानकारी दिएको छ । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो ।

लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमागाईंले परीक्षा लिने सहज परिस्थिति नभएकाले तत्काल लोकसेवाको परीक्षा नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आयोगले परीक्षाको विषयमा केही तयारी थालिरहेको थियो । नेपालमा दिनहुँ कोरोना संक्रमित भेटिएका छन् । यस्तो बेला परीक्षा गराउने परिस्थिति छैन । त्यसैले तत्काल परीक्षा हुँदैन ।’
उहाँले समय अनुकूल भएपछि मात्रै परीक्षा हुने उल्लेख गर्नुभयो । उनका अनुसार एक जिल्लामा मात्रै सिल भयो भने पनि आयोगको परीक्षा रोकिन्छ । त्यसैले सबै अवस्था अनुकूल भएपछि मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । आयोगका अनुसार प्राविधिक,अप्राविधिक लगायतका सबै परीक्षा लकडाउनले स्थगित भएका छन् ।
यस्तै दबाब त्रिभुवन विश्वविद्यालयमाथि पनि परेको छ । तर त्रिविले यसबारेमा कुनै ठोस जानकारी दिएको छैन । भदौ तेस्रो सातादेखि त्रिविले आफ्ना रोकिएका परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ । तर कोरोना संक्रमणको अवस्था हेरेर तलमाथि हुनसक्ने पनि त्रिविको दावा छ । अहिले देशका धेरै जिल्लाहरुमा निशेधाज्ञा लगाइएको छ । यस्तो हातलमा विद्यार्थीलाई परीक्षा दिन गाह्रो पर्ने जानकारहरु बताउँछन् । जानकारी सबैमा सेयर गरिदिनुहोला !

प्रतिकृया दिनुहोस्