January 10, 2021 46
शनिबार हिजो बिहान ११ बजे देखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका छन् ।
दुवै बालक भारत विहार राज्यको पटना शहरमा भेटिएका पर्सा प्रहरीले जनाएको छ । बिहार पुलिसको सम्पर्कमा आएका दुवै बालकलाई बिहार प्रहरीले आफ्नो निगरानिमा राखेको छ ।
उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले न्यूज २४लाई जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए ।
शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु हिजो हराएका थिए ।
प्रतिकृया दिनुहोस्