Sunday, April 11

भक्तपुरको गठ्ठाघरमा मोटरसाइकल एकापसमा ठोक्किदा एकको मृत्यु, तीन जना घाइते

January 10, 2021 34

भक्तपुर, १६ पुष । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ नम्बर मोटरसाइकल र सोही दिशामा जाँदै गरेको बा५३प ९८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा उदयपुर लिमचुङबुङ गाउपालिका–१ घर भई हाल मध्यपुर थिमी न.पा.-३ बस्ने मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सोही मेटरसाइकलमा सवार ऐ.ऐ. बस्ने बर्ष २४ की मनिकला राई गम्भीर घाइते भएकी छन् । उनको केएमसी. अस्पतालमा उपचार भइरहेको परिसर भक्तपुरले जनाएको छ ।

अर्का घाइते बा.५३प. ९८६४ नम्बरको मोटरसाइकल चालक रौतहट गौर न.पा. ८ घर भई हाल ललितपुर मंगलबाजार बस्ने वर्ष ४१ को युवराज वि.क.को सामान्य उपचारपछि सवारी साधनसहित महानगरीय प्रहरी बृत थिमीको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्र.ना.उ. दीपक गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्