स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि ४–० गोलान्तरको शानदार जित निकालेको हो ।
ग्रानडाको मैदानमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले दुई–दुई गोल गरे । बार्सिलोनाले ग्रिजम्यानको गोलमा सुरुआती अग्रता बनाएको थियो ।
खेलको १२औं उनले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि ३–० गोलको अग्रता बनायो ।
६३औं मिनेटमा ग्रिजम्यानले ओस्मान डेम्बेलेको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए ।
खेलको ७८औं मिनेटमा ग्रानडाका जेसस भालेजोले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो ।
जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले १८ खेलबाट ३४ अङ्क जोडेको छ । पराजित ग्रानडा भने २४ अङ्कसहित सातौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस्