Sunday, April 11

इन्डोनेशियाली विमान समुद्रमा खस्यो, ६२ यात्रु सम्पर्कविहीन

January 10, 2021 64

इन्डोनेसियामा यात्रु लिएर उडिरहेको विमान समुद्रमा खसेर दुर्घटनामा परेको छ । विमानमा रहेका सबै ६२ जना यात्रु पनि सम्पर्कविहीन छन् ।

राजधानी जकार्ताबाट उडेको केही मिनेटमै श्रीविजया एयर बोइङसँग सम्पर्क टुटेको अधिकारीहरुले बताएका छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार जकार्ताबाट विमान उडेको केही मिनेटमै समुन्द्रमा खसेको थियो । प्रत्यक्षदर्शीले विस्फोटको आवाजसमेत सुनेको बताएका छन् । यता फ्लाइटरडारडटकमका अनुसार विमानले एक मिनेट भन्दा कम समयमा ३ हजार मिटर उचाई गुमाएको थियो ।

प्रत्यक्षदर्शीले विमान समुन्द्रमा खसेको बताए पनि यसका कुनै प्रमाण भेटिएको छैन । माछा मार्दै गरेका प्रत्यक्षदर्शीले विमान समुन्द्रमा विष्फोटको आवाजसहित खसेको बताएका हुन् ।

इन्डोनेसियाली अधिकारीले खोजी कार्य भइरहेको बताएका छन् । दुर्घटना भएको विमान २७ वर्ष पुरानो भएको बताइएको छ । २७ वर्ष पुरानो विमानले उडान गर्नुलाई आश्चर्य मान्नुपर्ने अवस्था नरहेको उड्यन क्षेत्रका जानकारले बताएका छन् ।

सरकारी अधिकारीले समुद्रमा खसेर हराइरहेको विमान र बेपत्ता बनेका यात्रुको खोजी जारी राखिएको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्