बेहुला प्रेमिका लिएर भागेपछि बेहुलीले जन्ती आएका कण्डक्टरसँग गरिन् बिहे

January 9, 2021 149

बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् ।

पत्नीलाई मण्डपमा छोडेर प्रेमिकासँग भागे । बेहुलीले पनि निर्णय लिन ढिलो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे

भारतको कर्नाटक राज्यको चिकमंगलुरु जिल्लामा यस्तो रोचक घटना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छोडेर प्रेमिकासँग भागे । बेहुलीले पनि निर्णय लिन ढिलो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् ।
बैंगलुरु मिररको रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि भने नवीनले जीवनसाथी नै बदलिदिए ।

सिन्धुले चन्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसीमा बस कण्डक्टर

खासमा बिहेको दिन नै नवीनकी प्रेमिकाले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समारोहमा आएर वि-ष पिउने र सबै विवाह कार्यक्रम भताभुंग पारिदिने ध-म्की दिएकी थिइन् । यही डरका कारण नवीन बिहे बीचमै छाडेर भागेका थिए । नवीन भागेपछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बिहेमा आएका पाहुनाहरुमध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् ।

अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सहमतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रितीरिवाजका साथ बिहे एको हो ।

प्रतिकृया दिनुहोस्