Friday, January 15

आमाले १२ वर्ष कान्छालाई प्रेमी बनाएपछि सुस्मिता सेनकी छोरी रिनाले दिइन् यस्तो प्रतिकृया

January 9, 2021 24

एजेन्सी । बलिउड नायीका सुस्मिता सेन आफु भन्दा १२ वर्ष कान्छा प्रेमीसंग सम्बन्धमा छन् । सुस्मिताले दुई छोरीलाई धर्मपुत्रीका रुपमा अपनाएकी छन् । दुई छोरी र सुस्मितासंगै रहेका प्रेमी रोहमन शलका बारेमा सुस्मिताकी छोरी तथा नायिका रिनी सेनले प्रतिकृया दिएकी छन् । आफ्नी आमा सुष्मिता सेनका प्रेमी रोहमन शलबारे कुरा गर्दै उनले निकै प्रशंसा गरेकी छिन् ।

रिनी सेन सुष्मिताकी जेठी छोरी हुन् । उनलाई सुष्मिताले सन् २००० मा धर्मपुत्रीको रुपमा स्विकार गरेकी थिइन् । सुष्मिता पछिल्ला केही वर्षदेखि मोडल रोहमनसंग सम्बन्धमा छन् । रोहमनबारे कुरा गर्दै रिनी सेनले द क्विंटलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हामी सबै चारजना परिवारका हिस्सा हौं । हाल उनी हाम्रो जीवनको हिस्सा हुन् र हामी उनलाई असाध्यै माया गर्छौं । हामी उनीबारे र उनको परिवार र कल्चरबारे धेरै कुरा सिकिरहेका छौं ।’

रिनी निकै कम बोल्ने ब्यक्ति रहेको पनि उनले बताएकी छन । उनले भनिन्, ‘उनी कम बोल्ने व्यक्ति हुन् तर यदि उनले मैले राम्रो गरिरहेकी छु भने भने त्यो मेरो लागि असाध्यै महत्वपूर्ण हुनेछ । रोहमनलाई रोहमन अंकल भन्दै रिनीले भनिन्, ‘उनले मेरो सर्टफिल्म सट्टाबाजीको ट्रेलर हेरे र उनलाई ममा गर्व भएको बताए ।’

हिन्दुस्तान टाइम्स ब्रन्चसँग कुरा गर्दै रिनीले आफ्नो डेब्यूको विषयमा सुष्मिता सेनको प्रतिक्रियाबारे पनि बताइन् । उनले भनिन्, ‘मेरो फिल्म हेरेपछि उनको आँखामा आँसु आएको थियो । उनी असाध्यै भावुक थिइन् ।’

प्रतिकृया दिनुहोस्