Sunday, April 11

दिउँसै लुटपाट गर्ने तीन महिलासहित चार जना प’क्राउ

January 9, 2021 43

ललितपुरको च्यासलमा दिउँसै लु’टपाट गर्ने तीन महिलासहित चार जनालाई प्रहरीले प’क्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ साढे ५ बजे चार जनालाई प’क्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुरका २६ वर्षीय भरत मगर, ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, ३० वर्षीया सुस्मिता डिम्डो र २९ वर्षीया लबिन तामाङ छन्। उनीहरूले १३ गते दिउँसो साढे दुई बजेतिर नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा लुटपाट गरेका थिए।

उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगेका थिए। लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी सुरू गरेको थियो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्