Saturday, April 17

धनगढीमा प्रधानमन्त्रीको सुरक्षा कुकुरले गर्ने, राजा र रानी नामका दुई कुकुर सुरक्षामा तैनाथ

January 8, 2021 57

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बिभाजन पछि पहिलोपटक बालुवाटारबाट निस्किएका छन् । उनको यो पहिलो भ्रमण भने सुदुरपश्चिम लक्षित छ । धनगढीमा तय भएको कार्यक्रममा प्रधानमन्त्री पुग्ने भएपछि त्यहाँ सुरक्षा चासो बढ्नु स्वभाविकै हो ।

नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाका लागि कुकुर समेतको प्रयोग हुने भएको छ । प्रधानमन्त्रीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुर ल्याएको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका दुई कुकुर सुरक्षा कार्यमा प्रयोग भएको प्रहरीले जनाएको छ । कुकुरको नाम राजा र रानी रहेको छ ।

ती कुकुरहरु अन्य प्रयोजनको लागि नभै विमानस्थलमा सुरक्षाका लागि प्रयोग हुनेछन् । धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।

नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी आइरहेका छन् ।

नेकपाले धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि जनसभा सुरु हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्