Saturday, January 16

प्रधानमन्त्री ओली कैलाली नपुग्दै विरोध सुरु, खुल्लामञ्चनजिकै टायर जलाइयो

January 8, 2021 18

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी नपुग्दै विरोध सुरु भएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुल्लामञ्चनजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत अनेरास्ववियुले प्रधानमन्त्रीको विरोधस्वरुप टायर बालेको हो । ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुका एक नेताले बताए ।

प्रधानमन्त्री ओली नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आउँदैछन् । प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाका सबै सुरक्षा संयन्त्र खटिएका छन् । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित परिचालन गरी एकीकृत सुरक्षा योजनाअनुरूप व्यवस्था गरिएको बताए ।

अहिले धनगढी विमानस्थलमा नेपाली सेना र तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको छ । विमानस्थलदेखि धनगढी बजारका हरेक चोकमा प्रहरी खटाइएको छ ।

प्रतिकृया दिनुहोस्