Saturday, April 17

सन्सारभर प्रसिद्ध हास्य कलाकार मिस्टर विनले यसरी लिए विदा

January 8, 2021 65

एजेन्सी । बिश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनलाई अब मिस्टर विनका रुपमा देख्न पाइने छैन । उनले कलाक्षेत्रबाट विदा लिएका छन् । उनले अब मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् ।

पेशाले इन्जिनियर रोवान एट्कीन्सन पहिलो पटक ३ दशक अघि यो भूमिकाबाट हास्य जगतमा उदाएका थिए । उनको हास्य साम्राज्य फैलिँदै गयो र टेलिभिजनमा सर्वसाधारणको पहुँचसँगै उनी बिश्वभर चर्चित हुँदै गए ।

तर अहिले आएर मिस्टर विनको भूमिकाका लागि विश्वप्रसिद्ध हास्यकलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् ।

आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर विनको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको रोवानले बताएका छन् ।

यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर विनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा छ ।

उनी अहिले ६५ वर्षका भए । अब उनले यस्ता भूमिकाबाट थकाइ मार्ने निर्णय गरेको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्