Friday, June 18

स्टेज तताएरै लाखौ कमाउने रुबिनाको सुन्दरता [फोटो फिचर]

January 8, 2021 217

पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव’मा नृत्य गरेर कला यात्रा थालेकी हुन् ।

कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सबाट ‘ब्याचरल इन पब्लिक हेल्थ’ अन्तिम वर्षमा अध्ययनरत रुविनाको म्युजिक भिडियो मोडलिङ यात्रा २०७१ सालबाट सुरु भएको हो । सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चो’र्नै पर्ने भो…,’बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६० भन्दा बढी भिडियो गरिसकेकी छन् ।

टिका तारामी मगर र चन्द्र शर्माको ‘बाच्छीले धान खायो,’ अनिता चलाउनेको ‘एन्ट्री मार्यो मायाले,’ जय देवकोटाको ‘रुँदो हो मन,’ हरि विष्टको ‘माइतीको देश,’ भागीरथ चलाउनेको ‘जाउँला बरी लै,’जस्ता भिडियोमा उनी देखिइसकेकी छन् ।

राम्रो ब्यानरबाट फिल्ममा अफर अाएको खण्डमा ‘डेब्यु’ गर्ने सोचमा छिन् उनि । पछिल्लो समय लकडाउन अघि म्युजिक भिडियो । स्टेज कार्यक्रममा ब्यस्त थिइन । अब मास्टर डिग्री सुरु गर्ने तयारीमा रहेकी उनि त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना रहेको बताउछिन् ।

मेला महोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०-३५ हजार लिने उनि १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ भएकोले स न्तुष्टि रहेको बताउँछिन्।

कुन समय तीन वर्षसम्म प्रेममा रहेंको र विचार नमिलेर टु’ट्यो र अहिले एक्लै छु तर अब फेरि प्रेममा फ’सिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा रहेको बताउँछिन् रूबिना ।

प्रतिकृया दिनुहोस्