Saturday, January 16

प्रधानमन्त्री केपी ओलीले बैशाखमा संकटकाल लगाउँदै!

January 8, 2021 18

प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति तोकिसेकेका छन् । संसद विघटनको विषय संबैधानिक अदालत प्रवेश गरेको छ । र यसले निकास दिन केही समय अझै लाग्ने देखिन्छ ।

अदालतले ओलीकै पक्षमा निर्णय दिने प्रक्षेपण गरिएको छ । तर निर्वाचनको तयारी भने फितलो छ । नयाँ मितिमा चुनाव हुने नहुने निश्चित छैन । तोकिएको मितिमा चुनाव हुन सकेन भने के हुन्छ भन्ने आम चासोको बिषय छ ।

कान्तिपुर समाचारमा लेख्छ, अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२र६३ देखि संविधान नबन्दासम्मको अवस्थामा जस्तै समय धकेलिन्छ ।

त्यतिखेर कि प्रधानमन्त्री केपी ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्यो कि चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्यो ।

सबैलाई मान्य हुने व्यक्तिलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर २०६९ मा दलहरुले सत्ता तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिएकै थिए, फेरि त्यस्तै परिदृश्य दोहोरिनु नयाँ कुरा रहेन ।

संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ । आफ्नै सत्तामाथि संकट आइपर्दा सदन भंग गरिदिएका ओलीको कदम सर्वोच्चबाट सदर भयो भने उनलाई संकटकाल लगाउन झन् मनोबल बढ्ने छ ।

संवैधानिक व्वस्थाअनुसार प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाबाट संकटकालीन घोषणालाई एक महिनाभित्र अनुमोदन गराउनुपर्छ । ओलीका लागि राष्ट्रिय सभा प्रतिनिधिसभा जस्तो प्रतिकूल नभएको समाचार कान्तिपुरले छापेको छ ।

प्रतिकृया दिनुहोस्