Saturday, January 23

यी हुनेछन् सन् २०२१ का सम्भावित ठूला घटना

January 6, 2021 38

सन् २०२० ले ठूला र महत्वपूर्ण समाचारहरूको राम्रो हिस्सा प्राप्त गर्‍यो । सन् २०२१ को हकमा पनि यस्तै हुनेछ । यस्ता केही समाचार हुनेछन् जसले सबैलाई अचम्मित पार्ने छन् ।

केही वर्षअघि विज्ञहरूले महामारी आउन सक्ने चेतावनी दिएका थिए तर मानिसले गम्भीरतापूर्वक लिएनन् । शायद अबको एक सालपछि धेरै मानिसले बढ्दो बजार अर्थव्यवस्थामा व्यापक ऋण असन्तुलनको विषय अथवा सेप्टेम्बर ११ लाई पछि पार्ने सामूहिक आतंकवादका विषयमा छलफल गर्नेछन् ।
यस्तो नहुन पनि सक्छ । जस्तो कि योगी बेराले स्पष्ट भनेका छन्, ‘खासगरी भविष्यका विषयमा अनुमान गर्न निकै गाह्रो हुन्छ ।’ विश्वका केही महत्वपूर्ण घटनाको रूपरेखा यस्तो हुँदैछ भन्ने कसैलाई थाहा छ भने उनीहरूलाई ‘ज्ञान ज्ञाताहरू’ भनेर बोलाउनुहोस् ।

यहाँ सन् २०२१ मा पछ्याउनुपर्ने महत्वपूर्ण पाँच घटनाहरू छन् । यीमध्य जुन घटना पनि सन् २०२१ लाई प्रभाव पार्ने मुख्य समाचारका रूपमा अघि आउन सक्छन् । आगामी १२ महिनामा हामीले कुन घटनाले प्रभाव पार्छ कुनले पार्दैन भनेर थाहा पाइहाल्नेछौँ ।
कोरोनाको निरन्तरता : कोरोना भाइरसले सन् २०२० लाई नै उथलपुथल बनाइदियो । वर्षको अन्त्यसँगै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक दशमलव ७ मिलियन नाघेको छ । जसका कारण जुनसुकै आर्थिक सुधार पनि ‘लामो असमान र अनिश्चित हुने सम्भावना’ बढी छ ।

विश्लेषक र सामान्य मानिसहरू हाम्रो दिनचर्या महामारीपूर्वको अवस्थामा फर्किन्छ कि फर्किंदैन भनेर सोचमग्न छन् ।

राम्रो समाचार के छ भने दुई वटा भ्याक्सिन प्रयोगका लागि स्वीकृत भइसकेका छन् । अन्य पनि हुने क्रममा छन् ।

भ्याक्सिन बृहत्तर, प्रभावकारी र समानरूपमा वितरण गर्ने काममा महिनौँ लाग्न सक्नेछ । यसमा गलत कदम सामान्य जस्तो हुनेछ । भ्याक्सिनका कारण ‘हुने’ देश र ‘नहुने’ देशबीच विभाजन आउने सम्भावना पनि छ ।

अन्तर्राष्ट्रिय गठबन्धन कोभ्याक्सले भ्याक्सिन उत्पादन, निर्माण र विरतण गर्नेछ भनेर सबैको आशा त्यसैमा टिकिरहेको छ । देशहरूले आफू खुशी भ्याक्सिनको आयात र प्रयोग गर्न खोजेको अवस्थामा यसमा गतिरोध उत्पन्न हुनेछ ।

भारत र दक्षिण अफ्रिकाले कोभिड भ्याक्सिनलाई बौद्धिक सम्पत्तिको मान्यता दिनुपर्नेमा जोड दिएका छन् । यसमा मानवीय पक्षका साथै आर्थिक पक्ष पनि जोडिएको हुँदा उनीहरूले यस्तो कदम चाल्न खोजेका हुन् ।

विश्लेषकहरू भने भविष्यमा कोरोना भ्याक्सिन निर्माणका लागि यस्ता कदमले असर पार्न सक्ने कुरामा चिन्तित छन् ।

यहाँ मुख्य प्रश्न के हो भने कोरोना भ्याक्सिन लगाएको मान्छे कति समयसम्म फेरि संक्रमित हुँदैन अथवा उसबाट अरूमा सर्दैन भन्ने कुरा निश्चित हुन बाँकी छ ।

त्यसै कारण पनि मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, कोरोना परीक्षण गर्ने र संक्रमितको सम्पर्कमा आएकाहरूको पनि परीक्षण गर्नेजस्ता काम कोरोना नियन्त्रणका लागि सन् २०२१ मा र सम्भवतः त्योभन्दा बढी समय यस्तो प्रक्रिया जारी राख्नु पर्नेछ ।
बाइडनको सुरुवात : तपाईंले जे चाहनुहुन्छ त्यो प्राप्त हुन सक्ने हुँदा चाहना के राख्ने भन्ने विषयमा सावधान हुनुहोस् ।

बाइडन संयुक्त राज्य अमेरिकाको ४६औँ राष्ट्रपति बन्ने भएपछि यो कुरा अनायासै दिमागमा आयो ।

उनका सामु अमेरिकाको विदेश नीति ठीक ठाउँमा ल्याउने र शताब्दीमा एकपटक आउने महामारीका कारण खस्किएको आर्थिक अवस्था सुधार गर्नुपर्ने दुई ठूला चुनौती छन् ।

बाइडनले अख्तियार गरेको अमेरिका पहिलो नीति, पेरिस जालवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई बाहिर ल्याउने ट्रम्प प्रशासनले लिएको नीतिमा सुधार गर्नेछन् । यसका बाबजुद बाइडनले चीनसँगको व्यापार युद्ध र व्यापार नीतिमा भने फरक ल्याउने छैनन् ।

यसलाई जारी राख्न उनले आफ्नो प्रशासनमा यी नीति कार्यान्वयन गर्न आवश्यक व्यक्तिलाई नियुक्त गर्नेछन् । उनलाई आन्तरिक एजेण्डा सेट गर्न सहयोग गर्ने भएकोले पनि यो नीतिले निरन्तरता पाउनेछ । यी घटनाले मात्रै बाइडनलाई फुर्सद दिने छैन । उनको प्रारम्भिक परीक्षण इरानसँगको आणविक कार्यक्रममार्फत हुनेछ ।

यस्तै, उत्तर कोरियाको मिसाइल र आणविक परीक्षणका साथै रसियाले अमेरिकी सरकार र संस्थाको सूचना ह्याक गरेका विषयलाई पनि उनले सुरुवाती चरणमै सम्बोधन गर्नु पर्नेछ । ट्रम्पले अख्तियार गरेको कट्टर नीतिले बाइडनलाई केही सहुलियत दिए पनि उनले सोचे जति सहज हुनेछैन ।

बाइडनलाई वासिंटनमा केही अप्ठेरो अवश्य हुनेछ । आगामी दुई हप्तामा जर्जियामा हुने निर्वाचनमा डेमोक्रेटले सिनेटमा दुई सिट नल्याएको अवस्थामा उनी जर्ज डब्लु बुस र अमेरिकाको पहिलो डेमोक्रेटिक राष्ट्रपति ग्रोवर लिभल्यान्डपछिका पहिला राष्ट्रपति हुनेछन् जोसँग दुवै सदनमा स्पष्ट बहुमत हुनेछैन ।

राष्ट्रपतिसँग आन्तरिक नीतिमा भन्दा वाह्य नीतिमा खेल्ने ठाउँ भए पनि उनीहरू त्यसका लागि तयार छन् भन्ने ठाउँ कम छ । त्योभन्दा पनि खराब पक्ष ट्रम्पले सजिलै प्रशासन छोड्ने छैनन् । बाइडनले गर्न सक्ने थोरै कुरा भए पनि उनीसँग धेरै अपेक्षा राखिएको छ ।
चीनको छनोट : ‘प्रतिभा लुकाउँदै अस्पष्टतामा आनन्दित हुने’ तेङ्ग सियाओपिङको चिनियाँ विदेश नीतिको मन्त्र थियो । सि चिन फिङले त्यो नीति बदलिदिएका छन् । चीनले अहिले आफ्नो बढप्पन विश्वभर देखाउँदैछ ।

सन् २०२० मा मात्रै चीनले आफ्नो ‘वुल्फ वारियर’ कूटनीतिका माध्यमबाट अस्ट्रेलियालाई दण्डित गर्ने नीति लियो । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पतिका विषयमा छानविन हुनुपर्ने माग राख्दा चीनले उसलाई आर्थिक हिसाबमा दण्डित गर्‍यो ।

भारतसँग सीमा विवाद छेड्यो, हङकङलाई बेलायतबाट लिँदा गरेको सम्झौताको उल्लंघन गर्दै नयाँ राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयन गर्‍यो । अमेरिकासँग सम्बन्ध बलियो बनाएको आरोपमा ताइवानमाथि आक्रमण गर्ने धम्की थियो ।

अरूको स्वार्थ कुल्चेर पनि चीनले आगामी वर्ष विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउने अनुमान गर्न सकिन्छ । चीन अमेरिकी राष्ट्रपतिमा परिर्वतन आएसँगै सहकार्यको नीतिसहित अघि आउँछ वा थप विवादका लागि अग्रसर हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

उत्तर नै खोज्ने अवस्थामा यसको उत्तर पहिलोभन्दा दोस्रो होला । कोरोना भाइरस पहिला वुहानबाट फैलिएको भए पनि चीनले पश्चिमा देश खास गरी अमेरिकाले भन्दा प्रभावकारी हिसाबमा नियन्त्रण गर्‍यो ।

चीनको अर्थतन्त्रले गति समातिसकेको छ र यसले सन् २०२१ सम्म आफ्नो गति बढाउने अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिमा देशसँगको प्रतिस्पर्धामा चीनले जितेको निक्र्योल निकाल्न सक्छ । उसले आफ्नो मोडलको शासन व्यवस्था प्रभावकारी रहेको प्रोपगण्डा फैलाउन सक्छ ।

अमेरिकाले चीनसँगको अर्थतन्त्र डिकपल गर्ने डरभन्दा अमेरिकन अर्थतन्त्रबाट चीनले आफूलाई डिकपल गर्ने दिशातर्फ पनि जान सक्छ । भनाइ नै छ नि, जितिरहेको घोडा परिवर्तन नगर्नुहोस् । त्यसलै, आगामी महिना तनाव घट्नेभन्दा बढ्ने अनुमान गर्नुहोस् ।
Logo
Logo

ENGLISH

यी हुनेछन् सन् २०२१ का सम्भावित ठूला घटना

जेम्स एम लिन्ड्से २२ पुस २०७७, बुधबार
पढ्न लाग्ने समय : 6 मिनेट

change font

बाइडनले अख्तियार गरेको अमेरिका पहिलो नीति, पेरिस जालवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई बाहिर ल्याउने ट्रम्प प्रशासनले लिएको नीतिमा सुधार गर्नेछन् ।

बाइडनको सुरुवात : तपाईंले जे चाहनुहुन्छ त्यो प्राप्त हुन सक्ने हुँदा चाहना के राख्ने भन्ने विषयमा सावधान हुनुहोस् ।

बाइडन संयुक्त राज्य अमेरिकाको ४६औँ राष्ट्रपति बन्ने भएपछि यो कुरा अनायासै दिमागमा आयो ।

उनका सामु अमेरिकाको विदेश नीति ठीक ठाउँमा ल्याउने र शताब्दीमा एकपटक आउने महामारीका कारण खस्किएको आर्थिक अवस्था सुधार गर्नुपर्ने दुई ठूला चुनौती छन् ।

बाइडनले अख्तियार गरेको अमेरिका पहिलो नीति, पेरिस जालवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई बाहिर ल्याउने ट्रम्प प्रशासनले लिएको नीतिमा सुधार गर्नेछन् । यसका बाबजुद बाइडनले चीनसँगको व्यापार युद्ध र व्यापार नीतिमा भने फरक ल्याउने छैनन् ।

यसलाई जारी राख्न उनले आफ्नो प्रशासनमा यी नीति कार्यान्वयन गर्न आवश्यक व्यक्तिलाई नियुक्त गर्नेछन् । उनलाई आन्तरिक एजेण्डा सेट गर्न सहयोग गर्ने भएकोले पनि यो नीतिले निरन्तरता पाउनेछ । यी घटनाले मात्रै बाइडनलाई फुर्सद दिने छैन । उनको प्रारम्भिक परीक्षण इरानसँगको आणविक कार्यक्रममार्फत हुनेछ ।

यस्तै, उत्तर कोरियाको मिसाइल र आणविक परीक्षणका साथै रसियाले अमेरिकी सरकार र संस्थाको सूचना ह्याक गरेका विषयलाई पनि उनले सुरुवाती चरणमै सम्बोधन गर्नु पर्नेछ । ट्रम्पले अख्तियार गरेको कट्टर नीतिले बाइडनलाई केही सहुलियत दिए पनि उनले सोचे जति सहज हुनेछैन ।

बाइडनलाई वासिंटनमा केही अप्ठेरो अवश्य हुनेछ । आगामी दुई हप्तामा जर्जियामा हुने निर्वाचनमा डेमोक्रेटले सिनेटमा दुई सिट नल्याएको अवस्थामा उनी जर्ज डब्लु बुस र अमेरिकाको पहिलो डेमोक्रेटिक राष्ट्रपति ग्रोवर लिभल्यान्डपछिका पहिला राष्ट्रपति हुनेछन् जोसँग दुवै सदनमा स्पष्ट बहुमत हुनेछैन ।

राष्ट्रपतिसँग आन्तरिक नीतिमा भन्दा वाह्य नीतिमा खेल्ने ठाउँ भए पनि उनीहरू त्यसका लागि तयार छन् भन्ने ठाउँ कम छ । त्योभन्दा पनि खराब पक्ष ट्रम्पले सजिलै प्रशासन छोड्ने छैनन् । बाइडनले गर्न सक्ने थोरै कुरा भए पनि उनीसँग धेरै अपेक्षा राखिएको छ ।

अरूको स्वार्थ कुल्चेर पनि चीनले आगामी वर्ष विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउने अनुमान गर्न सकिन्छ ।

चीनको छनोट : ‘प्रतिभा लुकाउँदै अस्पष्टतामा आनन्दित हुने’ तेङ्ग सियाओपिङको चिनियाँ विदेश नीतिको मन्त्र थियो । सि चिन फिङले त्यो नीति बदलिदिएका छन् । चीनले अहिले आफ्नो बढप्पन विश्वभर देखाउँदैछ ।

सन् २०२० मा मात्रै चीनले आफ्नो ‘वुल्फ वारियर’ कूटनीतिका माध्यमबाट अस्ट्रेलियालाई दण्डित गर्ने नीति लियो । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पतिका विषयमा छानविन हुनुपर्ने माग राख्दा चीनले उसलाई आर्थिक हिसाबमा दण्डित गर्‍यो ।

भारतसँग सीमा विवाद छेड्यो, हङकङलाई बेलायतबाट लिँदा गरेको सम्झौताको उल्लंघन गर्दै नयाँ राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयन गर्‍यो । अमेरिकासँग सम्बन्ध बलियो बनाएको आरोपमा ताइवानमाथि आक्रमण गर्ने धम्की थियो ।

अरूको स्वार्थ कुल्चेर पनि चीनले आगामी वर्ष विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउने अनुमान गर्न सकिन्छ । चीन अमेरिकी राष्ट्रपतिमा परिर्वतन आएसँगै सहकार्यको नीतिसहित अघि आउँछ वा थप विवादका लागि अग्रसर हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

उत्तर नै खोज्ने अवस्थामा यसको उत्तर पहिलोभन्दा दोस्रो होला । कोरोना भाइरस पहिला वुहानबाट फैलिएको भए पनि चीनले पश्चिमा देश खास गरी अमेरिकाले भन्दा प्रभावकारी हिसाबमा नियन्त्रण गर्‍यो ।

चीनको अर्थतन्त्रले गति समातिसकेको छ र यसले सन् २०२१ सम्म आफ्नो गति बढाउने अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिमा देशसँगको प्रतिस्पर्धामा चीनले जितेको निक्र्योल निकाल्न सक्छ । उसले आफ्नो मोडलको शासन व्यवस्था प्रभावकारी रहेको प्रोपगण्डा फैलाउन सक्छ ।

अमेरिकाले चीनसँगको अर्थतन्त्र डिकपल गर्ने डरभन्दा अमेरिकन अर्थतन्त्रबाट चीनले आफूलाई डिकपल गर्ने दिशातर्फ पनि जान सक्छ । भनाइ नै छ नि, जितिरहेको घोडा परिवर्तन नगर्नुहोस् । त्यसलै, आगामी महिना तनाव घट्नेभन्दा बढ्ने अनुमान गर्नुहोस् ।

समस्या के हो भने अब अमेरिका सबैभन्दा राम्रो सूचना प्रवाह गर्नसक्ने देश रहेन । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र सञ्चार माध्यममाथि निरन्तर प्रहार गरे । उनले बाइडनको जित स्वीकार गरेनन् ।

ग्लोबल ग्रोथ : कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई सन् २०२० मा धेरै असर पार्‍यो । प्रभाव स्वरूप यो वर्ष विश्व आर्थिक वृद्धिमा ५ दशमलव २ प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।

यो कोरोना अघि २ दशमलव ५ प्रतिशतबाट ३ दशमलव ४ प्रतिशत हुने अनुमानको तुलनामा हो । चीनले अनुमान गरेको ६ प्रतिशतको वृद्धिको तुलनामा प्राप्त १ दशमलव ८ प्रतिशतको वृद्धि कम भए पनि चीन यो वर्ष अर्थतन्त्रमा वृद्धि भएको ठूलो अर्थतन्त्र हो ।

गरिब देश, कोरोनाका कारण सबैभन्दा बढी आर्थिक हिसाबमा प्रभावित छन् । यो कुनै आश्चर्य होइन । कोरोनाले गरिबीको रेखामुनि धकेलिने मानिसको संख्या १२० मिलियनभन्दा बढी हुने अनुमान गरिएको छ ।

यसको मतलब गरिबीको लडाइँमा दशकौँको प्रयासबाट हाँसिल भएको प्रगति कोरोनाले नष्ट गर्नेछ । खुसीको कुरा के छ भने कोरोना भ्याक्सिनका कारण सन् २०२१ मा आर्थिक उन्नति हुन सक्नेछ ।

यो संकेत कुन देशले कसरी प्रयोग गर्छ भन्नेमा भरपर्नेछ । निजी ऋण कम भएको, संवेदनशील हिसाबमा आर्थिक व्यवस्थापन गर्ने र कोरोना फैलावटमा नियन्त्रण गर्न सक्ने देशले मात्रै यसको फाइदा लिन सक्नेछन् ।

यसको मतलब चीन एक्लैले सन् २०२१ मा हुने आर्थिक वृद्धिको तीन तिहाई भाग ओगट्न सक्नेछ । यस विपरीत युरोप र उत्तर अमेरिकाले विश्व अर्थतन्त्रमा खास प्रभाव पार्न सक्ने छैनन् । समग्रमा सबै सुधारमा सुस्तता आउनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ पछिको आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । विश्वमा गरिबी सन् २०२२ पछि पनि रहन सक्ने चेतावनी दिएको छ ।

विश्व बैंकले पनि यस्तै खालको चिन्ता व्यक्त गरेको छ । उसले व्यापार, पर्यटन र विप्रेषणमा टिकेको अर्थतन्त्रमा खास प्रभाव पर्ने बताएको छ । अब यहाँ प्रश्न आउँछ, के आर्थिक समस्या आउँदै गर्दा त्यसले देशहरूबीच राजनीतिक तनावको अवस्था त आउँदैन ?
प्रजातन्त्र पतन : प्रजातन्त्र खतरामा छ । फ्रिडम हाउस रिपोर्टका अनुसार राजनीतिक अधिकार र नागरिक स्वतन्त्रतामा विगत चौध वर्षदेखि निरन्तर कमी आएको छ । ब्राजिल, हङगेरी, फिलिपिन्स, पोल्याड, टर्की लगायतका देशमा पपुलिष्ट नेताको नेतृत्वमा प्रजातान्त्रिक संस्थामा निरन्तर हमला भएको उसको ठहर छ ।

बेइजिले हङकङमा प्रजातन्त्रवादीहरूको आन्दोलन दबाएको छ । आफूसँग असन्तुष्ट पक्षलाई रोक्न नयाँ सुरक्षा कानुन ल्याएको छ । हङकङमा शासन गर्ने निकायले सन् २०२१ मा निर्वाचन घोषणा गरेको छ तर प्रजातन्त्र पक्षधर सांसदहरूबाट हालसम्म समर्थन प्राप्त गरेको छैन ।

यसले निराशा मात्रै होइन आशा गर्ने ठाउँ पनि रहेको देखाउँछ । लामो समयदेखि ब्रसेल्समा राष्ट्रपति रहेका अलेक्जेण्डर लुकान्सेकोले अगष्टमा भएको निर्वाचनमा पनि विजय हासिल गरेको झुटो दाबी गरेपछि त्यहाँका जनता सडक आन्दोलनमै उत्रिए ।

वर्षको अन्त्यतिर आइपुग्दा उनलाई शक्ति प्रदान गर्दै आएको सुरक्षा फौजले पनि समर्थन दिन गर्न इन्कार गरेको समाचार आएको छ । अमेरिकाका राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्न बाँकी बाइडनले प्रजातन्त्र पुनर्जागृत गराउने वाचा गरेका छन् । त्यसका लागि उनले ‘प्रजातन्त्रका लागि विश्व सम्मेलन आयोजना’ गर्ने बताएका छन् ।

समस्या के हो भने अब अमेरिका सबैभन्दा राम्रो सूचना प्रवाह गर्नसक्ने देश रहेन । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र सञ्चार माध्यममाथि निरन्तर प्रहार गरे । उनले बाइडनको जित स्वीकार गरेनन् । निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको आरोप लगाए । अझ कहाँसम्म भने उनले राज्य प्रशासनलाई निर्वाचन परिणाम उल्टाउन दबाब दिए ।

ट्रम्पको यस्तो कदमलाई रिपब्लिकन पार्टीका केही वरिष्ठ नेताले आलोचना गर्न समेत उचित ठानेनन् । यी सबै कुराले विश्वकै सबैभन्दा पुरानो प्रजातान्त्रिक देशमा प्रजातन्त्र नरहेको सन्देश प्रवाह भयो ।

बाइडनले विश्वमा नै प्रजातान्त्रिक मूल्य मान्यता पुनर्जागृत पार्ने भन्दै गर्दा उनले सम्भवतः यस्तो प्रतिक्रिया सुन्न सक्छन्, ‘चिकित्सकले आफ्नो रोग आफैँ ठीक पार्छन् ।’

(काउन्सिल अन फरिन रिलेसन्समा जेम्स एम लिन्डसेले डिसेम्बर २१, २०२० मा लेखेको यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रतिकृया दिनुहोस्