Tuesday, January 26

पुष २२ गते बुधबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

January 6, 2021 46

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आर्थिक र व्यावसायिक हिसाबले दिन शुभ रहनेछ। दीर्घकालीन आर्थिक योजना पूरा गर्न सक्षम हुनुहुनेछ। आर्थिक लाभहरूको आशा गर्न सक्दछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउनेछ। परोपकारी कामको उद्देश्यले गरेको कामले मन प्रशन्न रहनेछ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिश्रम अनुसार सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ। तपाईंको मधुर बोलीले अरूलाई प्रभावित गर्न सक्छ। लेखन तथा कला क्षेत्रमा मन लाग्नेछ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या देखा पर्नसक्छ, विशेषगरी पाचन सम्बन्धि समस्याले सताउन सक्छ।
मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अत्यधिक भावनाशील तपाईको मनलाई संवेदनशील बनाउनेछ । विशेष रूपले जलाशय र स्त्रीवर्गबाट सचेत रहनुहोला। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। स्वस्थ निन्द्राको अभाव रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य खराब हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको आनन्द उत्साह बढ्नेछ । मनमा ताजगी र प्रफुलता अनुभव गर्नुहुनेछ । मित्र ,आफन्तसँग भेट र प्रवास पर्यटनमा जाने कार्यक्रम बन्नेछ। भाग्यदेवीको प्रबल सहयोग तपाईमा मिल्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धी पराजित हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
निर्धारित कार्यमा सफलता प्राप्त हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। साथी-भाईबाट शुभ समाचार प्राप्त हुनेछ। आयभन्दा व्यय धेरै हुनेछ। आर्थिक पक्ष कमजोर रहनेछ। क्रोध तथा अहंकारमा संयम राख्न जरूरी देखिन्छ। कुनै कुराको बारेमा मन दोधारमा रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको मधुर बोली धुन नयाँ सम्बन्ध स्थापित गर्न उपयोगी साबित हुनेछ। वैचारिक समृद्धि बढ्नेछ। वायापार व्यवसायमा लाभका साथै सफलता पनि प्राप्त हुनेछ। शारीरिक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। आफन्त तथा साथी-भाईसँग रमणीय भेटघाटको सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुहोस्। मानसिक स्वास्थ्य पनि कम हुनेछ। वाणीमा संयम राख्नुहोस्, अन्यथा अनावश्यक वाद-विवादमा पर्न सकिन्छ। मनोरंजन क्षेत्रमा अधिक पैसा खर्च हुनेछ। परिवारमा नकारात्मक वातावरण रहनाले मन चिन्तित रहनेछ
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्यक्षेत्र तथा व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना उच्च छ। साथीहरू, आफन्तहरू र अग्रजबाट पनि फाइदा पाउने संकेत छ। सामाजिक समारोहमा संलग्न हुने मौका मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आयका स्रोत बढ्नेछन्। सांसारिक जीवनमा तपाईले आनन्दको अनुभव गर्नु हुनेछ
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको प्रसिद्धि, ख्याति र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारमा समय अत्यन्त शुभ रहनेछ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बौद्धिक तथा लेखन कार्यका लागि दिन अनुकूल रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। वायावासयको क्षेत्रमा समय प्रतिकूल रहनेछ। शारीरिक थकान तथा मानिसक तनाब रहनेछ। सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius
मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोस्। पारिवारिक वातवरण नकरात्मक रहनेछ। आर्थिक पक्ष कमजोर हुनसक्छ। मानसिक तनाब रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रमणीय यात्राको सम्भावना छ। आफन्तहरु र साथीहरुसँग भेटघाट हुनाले मन प्रशन्न हुनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवासर मिल्नेछ। व्यवसायको क्षेत्रमा परिस्थिति अत्यन्त शुभ रहनेछ। दाम्पत्य जीवनमा निकटता बढ्नेछ। सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ।

प्रतिकृया दिनुहोस्